आजको मिति : २०६७-०४-१६
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English
गा. वि. स. हरु हेर्नुहोस
महत्वपुर्ण फोन नंम्बरहरु

संक्षिप्त परिचय
जिल्लाको नामाकरण

देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुंदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ । यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसंग जोड्ने रुपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ ।

            उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत श्रृंखला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत (सिवालिक पहाड) को काखमा यो जिल्ला अवस्थित छ । राजधानी प्रवेशको मुख्य मार्गको रुपमा परिचित यो जिल्ला राजधानी काठमाडौं र ऐतिहासिक जिल्ला ललितपुरसंग सीमावद्ध भएर रहेको छ । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडाबाट फाखेल-हुमानेभञ्ज्याङ्ग-फर्पिङ्ग हुंदै छोटो समयमै काठमाडौं पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ ।

          यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ । यहां थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन् । शान्त शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ । सेन वंशीय राजाहरुको दरबार मकवानपुरगढी (बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुराली पनि), सामारिक दृष्टिले महत्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, लालीगुरांस र सुनगाभाका प्राकृतिक संग्रहालयहरुले यस जिल्लाको सौन्दर्य अझ बढाएको छ ।

जिल्लाको ऐतिहासिक पृष्टभुमि

यस जिल्लाको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक पक्षको व्यवस्थितढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न । किंवदन्ती र फाटफुट निस्केका लेखहरु अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रसंगमा आउने गरेको छ । वनबासको क्रममा पा“च पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उसैको नामबाट हेटौंडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ । हेडम्बा राक्षसकी बहिनी भूटनीस“ग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ ।

            यस जिल्लामा आदिवासी जनजातिको रुपमा रहेका र्राई (दनुवार) जातिहरु दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार हजार वर्षअघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरुको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतिनी गाविसमा तामाङ्ग जातिहरुको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङ्ग जातिहरुको बाहुल्य त्यसको सवुत हुन सक्दछ । मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन् भन्ने एक मात्र प्रमाण चित्लाङ्ग गाविसमा फेला पर्नु जस्ता घटनाक्रमले मकवानपुर जिल्लाको ऐतिहासिक पक्ष समृद्ध रहेको विश्वास गर्न सकिन्छ । अशोक सम्राट नेपालको भ्रमणमा आउँदा, चिनो स्वरुप स्थापना गरिएको अशोक चैत्य, शिवालयहरु, पालुङ्ग र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न प्राचीन औजार, मूर्ति, गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जाति आदिले मकवानपुर जिल्ला प्राचीनकालदेखि नै एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पुष्टि गर्दछ ।

भौगोलिक अवस्थिति

मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ । पूर्व साघुरो हुँदै पश्चिम तर्फबेलुन फुलेझै फुकेको आकारमा छ । विश्व भूगोलको ८४० ४१' देखि ८५० ३१' पूर्वी देशान्तरसम्म र २७० १०' देखि २७० ४०' उत्तरी अक्षांशको बीच भागमा अवस्थित यो जिल्ला २४२६ वर्ग किमि क्षेत्रफलमा फैलिएर रहेको छ । यस जिल्लाले नेपाल अधिराज्यको कूल क्षेत्रफलको १.६५५ भाग ओगटेको छ ।

नौ जिल्लाहरुसंग सीमावद्ध भएर रहेको यस जिल्लाको पूर्वमा काभ्रे र सिन्धुली जिल्लाहरु पर्दछन् भने पश्चिमतर्फचितवन र धादिङ्ग जिल्लाहरु रहेका छन् । त्यसैगरी उत्तर काठमाण्डौं र ललितपुरहरु पर्दछन् भने दक्षिणतर्फ पर्सा, बारा र रौतहट जिल्लाहरु रहेका छन् ।

क्षेत्रफलको दृष्टिकोणले यस जिल्लाको सबैभन्दा ठूलो गाविस मनहरी हो । यस गाविसको क्षेत्रफल २५६.५७ बर्ग किमि छ । सबैभन्दा सानो गाविस कोगटे हो र यसको क्षेत्रफल १०.३५ वर्ग किमि मात्र रहेको छ । जनघनत्वको आधारमा सबैभन्दा बढी जनघनत्व भएको गाविस पदमपोखरी हो भने सबैभन्दा कम जनघनत्व भएको गाविस मनहरी हो।

राजनीतिक विभाजन
मकवानपुर जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तर्गत नारायणी अञ्चलमा पर्दछ । यस जिल्लाको सदरमुकाम हेटौंडा हो । २०४३ सालमा हेटौंडालाई सदरमुकाम बनाइएको हो । यस पूर्व  भीमफेदी यस जिल्लाको सदरमुकाम थियो । मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा यसलाई विकास गर्ने लक्ष्य राखिएको छ र क्षेत्रीयस्तरका कार्यालयहरु यहा स्थानान्तरण हुने क्रम बढ्दो छ । प्रशासकीय दृष्टिले यस जिल्लालाई देहाय बमोजिम निर्वाचन क्षेत्र, इलाका, गाउविकास समिति र नगरपालिकामा विभाजन गरिएको छ ।
निर्वाचन क्षेत्र नं.इलाका नं.गा.वि.स.को नामगाविस संख्या
१, २, ३, ४राइगाउं, फापरवारी, धियाल, वेतिनी, ठिंगन, मन्थली, शिखरपुर, छतिवन, हटिया, हर्नामाडी, चुरियामाई, मकवानपुर गढी, आमभञ्ज्याङ्ग, सुकौरा, बुढीचौर१५
५, ६, ७, ८कांकडा, राक्सीराङ्ग, सरिखेत, मनहरी, हेटौंडा नगरपालिका, पदमपोखरी, हांडीखोला, बसामाडी
९, १०, ११, १२, १३खैराङ्ग, डांडाखर्क, आग्रा, गोगने, पालुङ्ग, दामन, टिष्टुङ्ग, बज्रबाराही, भैसे, नामटार, कालिकाटार, भार्ता, निबुवाटार, भीमफेदी, इपा, कोगटे, चितलाङ्ग, कुलेखानी, मार्खु, सिस्नेरी, फाखेल२१