आजको मिति : २०६७-०४-१६
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English
गा. वि. स. हरु हेर्नुहोस
महत्वपुर्ण फोन नंम्बरहरु

तथ्याङ्किय जानकारी

जनसांख्यिक स्थिति

२०५८ सालको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या ३,९२,६०४ रहेको छ जसमध्ये महिलाहरु ४९.२८ प्रतिशत छन् । २०६४ सालको प्रक्षेपित तथ्याङ्क अनुसार यस जिल्लाको जनसंख्या ४,३८,१०१ अनुमान गरिएको छ । यस जिल्लाको औसत बाषिर्क जनसंख्या बृद्धिदर २.२२ प्रतिशत रहेको छ जुन ४८ सालको जनसंख्या वृद्धिको तुलनामा ०.३४ प्रतिशतले घटेकोछ । एक परिवारमा सरदर ५.५२ जना सदस्यहरु रहने गरेको तथ्याङ्कले देखाउछ ।

जनसंख्याको दृष्टिकोणले सबैभन्दा बढी जनसंख्या भएको गाविस छतिवन हो । यस गाविसको जनसंख्या २१,५२३ छ भने सबैभन्दा कम जनसंख्या भएको गाविस कोगटे हो जसमा १,४२९ जना छन् । हेटौंडा नगरपालिकाको जनसंख्या ६८,४८२ रहेको छ । नेपालको कूल जनसंख्याको १.७५ जनसाख्यिक योगदान यस जिल्लाको रहेको छ ।

जनगणना साल घरधुरी संख्या परिवार संख्या जनसंख्या बृद्धिदर (%) जनघनत्व सरदर आयु पुरुष महिला अनुपात ग्रामीण
जनसंख्या (%)
शहरी जनसंख्या (%)
२०४८ ५६०९१ ५.६ २.६ १२९.७ ५८.५ बर्ष १.०२ ८२.९ १७.१
२०५८ ७१११२ ५.५ २.२ १६०.५ ५५.७५ बर्ष १.०२ ८२.६ १७.४
प्राकृतिक स्वरुप                

यो जिल्ला मध्य पहाडी जिल्ला हो । यहा“को ७५५ भू-भाग पहाडले ढाकेको छ । शिशिर याममा हिउं पर्ने २५८४ मिटरको उच्च भू-भाग -दामन गाविसको सिमभञ्ज्याङ्ग) देखि दक्षिणतर्फसमुद्री सतहको १६६ मिटर सम्मको होचो भू-भाग  (राईगाउ गाविसको हात्तीढुङ्गा) यहा“ पाइन्छ ।

मकवानपुर जिल्ला विभिन्न जात जाति तथा सांस्कृतिक विविधताको साथै हिउपर्ने पहाडी क्षेत्रदेखि समथर मैदानसम्म भएको यस जिल्ला जैविक विविधताको दृष्टिले पनि अन्यन्तै धनी रहेको छ । यसलाई सुनगाभाको प्राकृतिक म्यूजियमको रुपमा पनि चिन्न सकिन्छ । छोटो दूरी तथा सानो भूभागमा पनि ठूलो वातावरणीय विविधताको श्रृंखला रहेको भैसेदेखि सिमभन्ज्याङ्ग सम्मको उचाईमा ९० जाति -जेनेरा)को सुनगाभा (अर्किड) मध्ये ६२ जाति यस जिल्लामा पाइन्छ ।

 हावापानी

जिल्लाको धरातलीय विविधता संगसंगै यहांको हावापानीमा पनि निकै विविधता पाइन्छ । यहां मुख्यतया ३ किसिमको हावापानी पाइन्छ जसमा दक्षिणतर्फचुरे श्रृंखलाको आसपास उष्ण, त्यसपछि क्रमशः उत्तरतर्फसमशीतोष्ण र शीतोष्ण किसिमको हावापानी पाईन्छ ।

यस जिल्लामा वाषिर्क सरदर २५३५ मिलि लिटर बर्षा हुन्छ । यो अंक नेपालको चेहरापुञ्जी भनेर चिनिने कास्की जिल्लाको पोखरा पछिको अंक हो । जाडो महिनाको पुस माघमा न्यूनतम १६.६ डि.से. तापक्रम पाइन्छ भने गर्मीयामको बैशाख जेठमा अधिकतम ३०.३ डि.से. तापक्रम पाइन्छ ।

नदी नाला/ताल

यस जिल्लालाई जलाधारको रुपमा चार जलाधार क्षेत्र र १२५ उप-जलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ । चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र त्रिशुली हुन् । यस जिल्लाको ३.२७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ । जिल्लाको पूर्वी सीमा नदीको रुपमा रहेको वाग्मती नदी, पूर्व मध्यभागबाट शुरु भै दक्षिणतर्फबग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमानदी लोथर यस जिल्लाका प्रमुख नदीहरु हुन् । यस जिल्लामा विद्युत् उत्पादन गर्नको लागि निर्माण गरिएको मानव निर्मित इन्द्रसरोवर प्रमुख रुपमा रहेको छ । यो कुलेखानी र मार्खु गाउ विकास समितिको ७ कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ ।

स्थायी पानीको श्रोतको अभाव रहेको यी नदीहरुमा बर्षातको समयमा बाढीको रुपमा प्रशस्त मात्रामा पानी बगेता पनि हिउंदमा ज्यादै कम पानी बग्ने गर्दछ । यी नदीहरुका प्रमुख शाखाको रुपमा रहेको खोलाहरु निम्नानुसार रहेका छन् ।

राप्ती नदी वाग्मती नदी बकैया नदी मनहरी लोथर
ज्यामिरे खोला कुलेखानी खोला सुनचुरी खोला काली खोला रेइती खोला
कर्रा खोला इपा खोला हरदा खोला गोरन्दी खोला पानथाली
सामरी खोला चौरा खोला अधेंरी खोला भैंसे खोला नक्टे
कुख्रेनी खोला खानी खोला ल्वोहाजोर खोला जिर्खे खोला ज्यामिरे
अघोर खोला सिम खोला माझी खोला घट्टे खोला  
कत्ले खोला लाम्कना खोला सिमात खोला महविर खोला  
बगै खोला महादेव खोला जुइना खोला स्यार्रसे खोला  
हांडी खोला चिरुवा खोला धमिले खोला दुबो कत्ले खोला  
मान्डु खोला चांदी खोला हिरामुनी खोला तीन भंगाले  
    थांटी    
भू-उपयोग

यस जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर मध्ये कृषियोग्य जमिन ६१४८९ हे. (२५.१५%), झांडी, घांसे मैदान ४९६८ हे. (२.०३%), खोलानाला तथा बगर १६७१० हे. (६.८३%), वन क्षेत्र १४४५५८ हे. (५९.१४५), औद्योगिक क्षेत्र १६०७ हे. (०.६६%), निकुञ्ज क्षेत्र १५१२५ हे. (६.१९%) छ । जिल्लाको ७५ प्रतिशत भूभाग पहाडी र २५ प्रतिशत भूभाग समथर रहेको छ ।

मुख्य पर्वत श्रृंखला

चन्द्रागिरी  :फाखेल गाविसदेखि टिष्टुङ्ग गाविससम्म

महाभारत     : बेतिनी गाविसदेखि खैराङ्ग गाविससम्म

चुरे       : र्राईगाउ गाविसदेखि मनहरी गाविससम्म

पेशा

मकवानपुर जिल्ला औद्योगिक जिल्लाको नामले चिनिएता पनि यहा“का मानिसहरुको मुख्य पेशा कृषि नै हो । यहा“को कूल जनसंख्या मध्ये ८२.७% कृषिमा र १७.३५ गैर कृषिमा संलग्न छन् । आर्थिक रुपले सक्रिय जनसंख्याको ५३.६% कृषिमा र ४६.९४% जनसंख्या गैर कृषि पेशामा संलग्न छन् ।

जाति

मकवानपुर जिल्ला बहुजातीय र बहुभाषिक जातजातिहरुको एउटा फूलबारी हो । यो जिल्ला तामाङ्ग जातिको बाहुल्य भएको जिल्ला हो । यहा“ ४७.३% तामाङ्ग छन् । ७०% भन्दा बढी जनजातिहरुको बसोबास रहेको छ । तामाङ्ग जाति पछि दोश्रो स्थानमा ब्राम्हण (१४.९%), तेश्रोमा क्षेत्री (१०.६%), चौथोमा नेवार (६.८%), पा“चौमा मगर (५.०१%) र छैठौंमा चेपाङ्ग (३.८%) आदि विभिन्न जातजाति प्रमुख रुपमा रहेको छन् । दलित जातिहरु करिव ७% छन् । जातीय विविधताको धनी यस जिल्लामा अन्य जिल्लामा नभएको र लोपोन्मुख अवस्थामा पुगेका वनकरिया जातिको पनि बसोबास छ ।

धर्म

यस जिल्लामा विविध धर्म र सम्प्रदायका मानिस बसोबास गर्दछन् । तामाङ जातिको वाहुल्य रहेको भएतापनि हिन्दू धर्म मान्नेहरु बढी देखिन्छन् भने क्रिश्चियन र इस्लाम धर्म मान्नेहरु न्यून रहेको पाइन्छ । यस जिल्लामा हिन्दूधर्मावलम्वीहरु ४९.३६% छन् भने बौद्ध धर्म मान्नेहरु ४७.६३% छन् । क्रिश्चियन र इश्लाम धर्मावलम्वीहरु क्रमशः २.०७ र ०.३२ प्रतिशत रहेको तथ्याङ्कबाट देखिन्छ ।

धार्मिक स्थल

मकवानपुर जिल्लाको धार्मिक मठ मन्दिरहरु उल्लेख्य रुपमा छन् । हेटौंडा नगरपालिका क्षेत्र भित्र भूटनदेवी, भुवनेश्वर महादेव, पुण्य क्षेत्र रहेका छन् भने मकवानपुरगढी गाविसमा मनकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ । चुरियामाई गाविसमा चुरियामाईको र भैंसे गाविसमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन् । त्यसैगरी दामन गाविसमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराही गाविसमा बज्रबाराही, नामटार गाविसमा स्यार्सेकालिका, चित्लाङ्ग गाविसमा शिवालय आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरु छन् ।

प्रमुख बजार केन्द्रहरु

समाज र जनसंख्याको विकासको क्रमसंगै ग्रामीण क्षेत्रहरुमा ग्रामीण जनताको आवश्यकताका वस्तु तथा सेवाहरु र स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवाहरु खरिद विक्री गर्ने उद्देश्यले विभिन्न ग्रामीण क्षेत्रहरुमा बजार केन्द्रहरु स्थापना र विकास हुंदै गएको पाइन्छ । यसरी स्थापना र विकास भएका बजारहरु हेटौंडा, भीमफेदी, मनहरी, लोथर, छतिवन, फापरवारी, चौघडा, पालुङ्ग (ओखरेबजार), हुन् । त्यसैगरी भैंसे, दामन (शिखरकोट), हटिया (चिसापानी), बसामाडी (बस्तीपुर), बज्रबाराही (सरस्वती बजार), मार्खु, कुलेखानी, नामटार, हर्नामाडी आदि पनि क्रमशः बजारउन्मुख गाविसहरु हुन् ।

स्वास्थ्य

यस जिल्लालाई मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामको रुपमा विकास गर्ने कार्य संगसंगै क्षेत्रीय अस्पताल निर्माण गर्ने नीतिगत निर्णय भैसकेको छ । हाल यस जिल्लामा ५० शैयाको एक जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ४, स्वास्थ्य चौकी १ र उपस्वास्थ्य चौकी ३१ रहेको छ । आयुर्वेदिक औषधालय दुइवटा छन् । यस जिल्लामा शिशु मृत्युदर प्रति हजार ६४ जना र बालमृत्युदर ९१ जना रहेको पाइन्छ । कुल प्रजनन् दर प्रति महिला ५.१ छ भने परिवार नियोजनको सेवा लिने व्यक्ति ३९% मात्र रहेको छ ।

शिक्षा

२०४८ सालको तथ्याङ्क अनुसार यस जिल्लाको साक्षरता प्रतिशत ३८.४% रहेकोमा २०५८ सालको जनगणना अनुसार यो दर बढेर ६३.४% पुगेको छ । महिला साक्षरता प्रतिशत ५३.९% छन् भने पुरुष साक्षरता ७२.६% रहेको छ । यस जिल्लाको बढी साक्षर भएको गाविस हर्नामाडी (६१.२८%) हो भने सबैभन्दा कम साक्षर भएको गाविस भार्ता (१४.७६%) हो । जिल्लाको विभिन्न तहको अध्यापन गराउने शैक्षिक संस्थाहरुको विवरण निम्नानुसार छन् ।

शैक्षिक संस्था शैक्षिक तह सामुदायिक संस्थागत जम्मा
क्याम्पस स्नातकोत्तर तहसम्म
स्नातक तहसम्म ३ (ब.बि.अ.सस्थान समेत)
प्रमाणपत्र तहसम्म ३ (ब.बि.अ.सस्थान समेत) -
उ.मा.वि. १५ १९
विद्यालय माध्यमिक ५१ १५ ६६
  निम्न माध्यमिक ९८ १८ ११६
  प्राथमिक ४१७ ५६ ४७३
बाल विकास केन्द्र १६८ १७५ ३४३  
प्राविधिक शिक्षालय  
कृषि तथा पशु

             कृषि पेशामा ८२.७% जनता संलग्न रहेको यस जिल्लामा २५.१५% भूभाग कृषि क्षेत्रले मात्र ढाकेको छ । कृषि भूमिको ३७.२८% मा बर्षरि र मौसमी सिंचाई सुविधा पुगेको छ । भूबनोटको आधारमा यस जिल्लालाई मध्य पहाड र भित्री मधेशको रुपमा वर्गीकरण गर्न सकिन्छ । महाभारत पर्वत श्रृंखलाको उत्तरी भेगमा पर्ने उच्च भूभागदेखि वेशी फा“टसम्मको चिसो भागमा खासगरी बेमौसमी तरकारी, आलु, हिउंदे फलफूल, सुन्तला जातका फलफूलका लागि उपयुक्त हावापानी छ भने तल्लो पहाडी भेगमा अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको लागि उपयुक्त मानिन्छ । त्यसैगरी चुरेपर्वत र महाभारत पर्वत श्रृंखला बीचको एक चौथाइ समथर भूभागमा न्यानो हावापानी भएको कारण अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको दृष्टिले उपयुक्त ठानिन्छ ।
         यस जिल्लामा उन्नत जातका गाई, भैंसी र बाख्रा पालन व्यवसाय क्रमिक रुपले बढ्दै गएको पाइन्छ भने वंगुर, भेडा र कुखुरा पालन कार्य भने क्रमशः घटेको देखिन्छ । पशुजन्य उत्पादनमध्ये दुध वाषिर्क १३४१.३ मे.टन, मासु २९५.१ मे. टन र अण्डा ४१०७५९.१ गोटाले बढ्दो छ भने माछा उत्पादनमा खासै बढोत्तरी देखिन्न । पशुजन्य उत्पादन र जनसंख्याको तुलना गर्दा एक बर्षा एकजनाको भागमा दुध १२३.९७ लिटर, मासु १९.०९ किलो, अण्टा १४.२६ गोटा र माछा ७७.६८ ग्राम पर्न आउँछ ।

जिल्ला कृषि विकास कार्यालयले जिल्लाका ६ वटा सेवा केन्द्र र ७ वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्‍याएको छ भने जिल्ला पशुसेवा कार्यालयले ६ वटा सेवाकेन्द्र र १० वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्‍याइरहेका छन् ।

गरिवी मापन सूचकाड्कको आधारमा
गाविसको स्थिति
गरिवीको सूचकांक गरिवीको स्तर गाविसको स्थिति गाविस संख्या
७७.४-७०.२ अति गरिव टिष्टुङ्ग, वेतिनी, डांडाखर्क, धियाल, भार्ता, र्राईगाउ, सुकौरा, खैराङ्ग, कांकडा
६९.६-६५.० गरिव छतिवन, आग्रा, ठिंगन, राक्सिराङ्ग, फापरवारी, गोगने, बसामाडी, शिखरपुर, बुढीचौर
६४.५-६०.२ मध्यम कालिकाटार, मन्थली, निवुवाटार, सरीखेत, हर्नामाडी, भैंसे, हांडीखोला, मनहरी, आमभञ्ज्याङ्ग, चुरियामाई, कोगटे, मकवानपुरगढी, कुलेखानी, नामटार, दामन, मार्खु १६
६९.५-५५.६ सामान्य फाखेल, पदमपोखरी, सिस्नेरी, बज्रवाराही, हटिया, भीमफेदी, पालुङ्ग, हेटौंडा नगरपालिका, इपा, चित्लाङ्ग १०
राष्ट्रिय राजमार्ग

त्रिभुवन राजपथ (चुरे-सोप्याङ खण्ड) ११० कि.मि.

महेन्द्र राजमार्ग (चुरे-लोथर खण्ड) ४७ कि.मि.

जिल्ला सडक
क) हेटौंडा-भीमफेदी  २३ कि.मि.
ख) हटिया-र्राईगाउ   ६५ कि.मि.
ग) कुन्छाल-कुलेखानी १८ कि.मि.
घ) भीमफेदी-कुलेखानी-फाखेल-काठमाण्डौं  ५३ कि.मि.
ङ) चुनिया-नामटार २० कि.मि. (८ कि.मि. मोटर चल्ने)
च) दामन-डांडावास  १० कि.मि.
छ) सामरी-आमभञ्ज्याङ्ग   ६ कि.मि.
ज) कान्तिराजपथ -हेटौंडा(ठिंगन)   ४२ कि.मि. (३० कि.मि. मोटर चल्ने)
झ) पशुपतिनगर-मकरी भुन्द्रुङ्ग टाँडी-सान्नानीटार    १८ कि.मि. (१० कि.मि. मोटर चल्ने)
ञ) कुलेखानी-सिस्नेरी-छैमले ३० कि.मि.
ट) चुच्चेखोला-फुर्केचौर १३ कि.मि.
ठ) पिप्ले-कुर्ले १२ कि.मि. (६ कि.मि. मोटर चल्ने)
ड) टौखेल-चित्लाङ्ग-चन्द्रागिरी  १५ कि.मि.
ढ) घट्टेदोभान-चखेल-देउराली-मातातिर्थ     १० कि.मि. (५ कि.मि. मोटर चल्ने)
नगर सडक
कालोपत्रे सडक    ५६.६२ किमि (राजमार्ग सहित)
ग्राभेल सडक ४८.४५ किमि
कच्ची सडक ७० किमि
गोरेटो बाटो  २९ किमि
कंक्रिट सडक १२.५५ किमि
सडक पुगेको नपा/गाविस संख्या  ३४ वटा
सडक नपुगेको गाविस संख्या १० वटा
रोप-वे
हेटौंडा - टेकु ४२ कि.मि. (हाल बन्द)
विद्युत् उत्पादन
कुलेखानी प्रथम  ६०,००० कि.वा.
कुलेखानी दोश्रो ३२,००० कि.वा.
कुलेखानी तेश्रो  १५,००० कि.वा. (निर्माणाधिन)
पूर्ण विद्युतीकरण भएको गाविस/नपा संख्या ३४.१० प्रतिशत ( १५ गाविस)
आंशिक विद्युतीकरण भएको गाविस संख्या ३४.१० प्रतिशत (१५ गाविस)
विद्युतीकरण हुन बाँकी गाविस संख्या ३१.८० प्रतिशत, १४ गाविस)
संचार
(क) दूरसञ्चार
हेटौंडा एक्सचेञ्ज ५५११ लाईन (हेनपा, चुरिया., गढी, हटिया, बसामाडी, भैंसे)
व्च्ऋ प्रणाली १ भिमफेदी
मोवाईल हेनपा र २२ गाविस (प्रिपेड ९५००, पोस्टपेड ६५०)
सिडिएमए ३७ गाविस/नपा  (प्रिपेड ९८६, पोस्टपेड १०७६)
टेलिफोन सुविधा उपलब्ध गाविस/नपा संख्या ४०
टेलिफोन सुविधा उपलब्ध नभएको गाविस संख्या ४ (ठिंगन, बेतिनी, मंथलि, इपा)
(ख) हुलाक  
जिल्ला हुलाक १ वटा
इलाका हुलाक ११ वटा
अतिरिक्त हुलाक ३४ वटा
काउण्टर हुलाक १ वटा
सिंचाई  
खेति गरिएको क्षेत्रफल ३६५९४ हे.
सिंचित हुनसक्ने क्षेत्रफल १५२६२ हे.
कूल सिंचित क्षेत्रफल    ११५९४ हे.
बर्षाबाट सिंचित हुने क्षेत्रफल (मौसमी)   ४५१६ हे.
सिचाईको लागि विकास गरिएको क्षेत्रफल  ३६६८ हे.
खानेपानी (आ.व. ६३/६४ को अन्त्य सम्म सवच्छ खानेपानी सेवाबाट करिव ४९२०५ घरधुरी -६४.१५ लाभान्वित भएका छन् ।)
पाईप प्रणाली    ७७.११%
मूल १.७९%
इनार      १३.५३%
नदी/खोला १.१०%
ट्यूवेल  ५.०४%
अन्य  ०.५८%
नखुलेको  ०.८५%
मानव विकास अवस्था (सन् २००४)
  नेपाल  मकवानपुर
मानव विकास सूचकांक   ०.४७१  ०.४७९ (३१ औं स्थान)
लैङ्गकि विकास सूचकांक  ०.४५२ ०.४६८
मानव गरिवी सूचकांक   ३९.६ ३५.३
औषत आयु ६०.९८  ५५.७५
शैक्षिक उपस्थिति सूचकांक ०.३८५  ०.४३८
सामाजिक सशक्तिकरण  ०.४०६ ०.३७१
आर्थिक सशक्तिकरण     ०.३३७ ०.३३१
राजनीतिक सशक्तिकरण  ०.६४६ ०.६९९
सेवा सुविधा पहुंचको आधारमा गाविस वर्गीकरण
भेग विशेषता गाविस गाविस संख्या
पहुचको स्थिति कमजोर रहेको चुरे तथा भावर क्षेत्र राइगाउं, फापरवारी, धियाल, छतिवन
पहुचको स्थिति कमजोर रहेको मध्य पहाडी भूभाग

वेतिनी, सिखरपुर, मन्थली, ठिंगन, सुकौरा,बुढीचौरर्,र इपापञ्चकन्या, कोगटे, सिस्नेरी, कुलेखानी

१०
पहुचको स्थिति राम्रो रहेको चुरे तथा भावर क्षेत्र मनहरी, हाडीखोला, पदमपोखरी, चुरियामाई, हटिया, हर्नामाडी, हेटौंडा नगरपालिका
पहुचको स्थिति राम्रो रहेको मध्य पहाडी क्षेत्र मकवानपुर गढी, आमभञ्ज्याङ, भैंसे, निवुवाटार, भीमफेदी, बसामाडी
पहुचको स्थिति राम्रो रहेको मध्य तथा उच्च पहाडी क्षेत्र पालुङ, बज्रवाराही, दामन, मार्खु, चित्लाङ, फाखेल
पहुचको स्थिति अति कमजोर रहेको मध्य तथा उच्च पहाडी क्षेत्र का“कडा, खैराङ, राक्सिराङ, भार्ता, गोगने, डांडाखर्क, आग्रा, टिष्टुङ, नामटार, कालिकाटार, सरीखेत ११