समाचार
दोश्रो आवधिक जिल्ला विकास योजना - २०६६-०४-११
गोष्ठीले पहिलो आवधिक योजनाले तय गरेको सचेत, स्वस्थ, सिर्जनशील, समन्नत, सुन्दर मकवानपुर भन्ने दीर्घकालिन सोचलाई नै दोश्रो आवधिक योजनाको परिकल्पनाको रुपमा कायमै राखेको छ। गोष्ठीमा समष्टीगत लक्ष्य, क्षेत्रगत लक्ष्य, निर्धारण गर्नुका साथै जिल्ला विकासका लागि ४ बर्षमा सम्पन्न गर्ने योजना तथा कार्यकाका उद्देश्यहरु, क्रियाकलापहरु, रणनीति, नतिजा र सूचकहरु तय गरेको छ।
गोष्ठी शुभारम्भ सत्रमा संविधान सभासदस्यहरु प्रल्हालद लामिछाने, दिल बहादुर घिसिंग र प्रेम बहादुर पुलामीको उपस्थिति थियो भने समापनमा रणद्धज कन्दङ्गवा र गोविन्द राम चेपाङ्गको उपस्थिति रहेको थियो। राजनीतिक दलका प्रमुख/प्रतिनिधहरु, प्रमुख जिल्ला अधिकारी हरी मैनाली, विषयगत कार्यालया प्रमुखहरु, गैससका प्रमुख/प्रतिनिधिहरु र पत्रकारहरुको सहभागिता रहेको थियो।
बक्ताहरुले जिल्लाको दोश्रो ४ बर्षै योजना जिल्ला विकास समितिको नभए जिल्ला भित्र काम गर्ने सरकारी निकायहरु, गैर सरकारी संस्थाहरु, निजी क्षेत्र र जिल्लावासीहरुको योजना भएको बताएका थिए। आवधिक योजनामा उल्लेखित लक्ष्य, उद्देश्यहरु हासिल गर्न विकासका क्षेत्रमा कार्यरत सवै सरोकार पक्षका साथै सभासद् र राजनीतिक दलहरुको पनि कर्तव्य रहेकोमा सहभागि सवैको जोड थियो।


