आजको मिति : २०६८-१०-२३
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English
गा. वि. स. हरु हेर्नुहोस
महत्वपुर्ण फोन नंम्बरहरु

समाचार

दामनको भ्यूटावर निजि क्षेत्रद्वारा संचालन हुने - २०६६-०४-११

जिल्ला विकास समिति मकवानपुरले जिल्लाको उत्तरी भेगको पर्यटकिय क्षेत्रको रुपमा रहेको दामन भ्यूटावर निजि क्षेत्रलाई संचालन गर्ने अनुमति दिएको छ। दामन पर्यटन तथा वातावरण प्रर्वद्वन समाज (स्टेप नेपाल ) ले शीतल टावरको नामाकरण गरी भ्यूटावर रिसोर्ट संचालन गर्ने भएको छ। पर्यटन मन्त्रालयले जिल्ला विकास समिति मकवानपुरलाई स्वामित्व हस्तान्तरण गरे पछि प्रकृयागत रुपमा स्टेप नेपालले संचालन गर्न पाउने भएको हो।
 
 स्टेप नेपाललाई पांच बर्षको लागि प्रति बर्ष रुं ३ लाख ७७ हजार रुपैया जिल्ला विकास समितिलाई बुझाउने गरी हस्तान्तरण गरिएको हो।
 
 जिल्लाको पर्यटकिय क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको भ्यूटावरलाई दीगो रुपमा संचालन गरी देश विदेशमा दामन लगाएत मकवानपुरलाई चिनाउन तथा भ्यूटावरको दिगो संरक्षणको लागी पर्यटन मन्त्रालयवाट जि.वि.स.लाई हस्तान्तरण गरीएको हो। समाजले तत्काल भ्यूटावरमा सेवा सुविधाहरु थप गरी मध्यम स्तरीय रिसोर्टको रुपमा विकास गर्ने जनाएको छ।

सबै समाचार हेर्नुहोस्