आजको मिति : २०६८-१०-२३
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English
गा. वि. स. हरु हेर्नुहोस
महत्वपुर्ण फोन नंम्बरहरु

समाचार

ग्रामीण सडकहरुको अनुगमन - २०६६-०४-११

जिल्लाका विभिन्न गाउ विकास समितिहरुमा संचालित ग्रामीण सडकहरुको जिल्ला विकास समितिको सर्वदलिय संयन्त्रका पदाधिकारीहरुबाट अनुगमन गर्‍यो। अनुगमन टोलिमा सर्वदलिय संयन्त्रका पदाधिकारी, प्रविधिक कर्मचारी र पत्रकारहरुको सहभागिता थियो।
अनुगमन टोलिले जिल्ला विकास समितिबाट निर्माणाधिन ग्रामीण सडकहरुको अनुगमन गरेको थियो। अनुगमन टोलिले प्रमुख प्रमुख ठूला योजनाहरुको अनुगमन गरेको थियो। अनुगमन टोलिले सिस्नेरी छैमले सडक, कुलेखानी हुमाने भन्ज्याङ्ग सडक, चित्लाङ्ग चन्द्रागिरी सडक र कुलेखानी डाईभर्सनको अनुगमन गरेको थियो। यी सडकहरुको अनुगमन गर्न सर्वदलिय संयन्त्रका रामेश्वर राना, तिर्थदेवी सिलवाल र ल73मण विष्ट जानु भएकेा थियो।
मनहरी –सोनालापुर –डांडावारी –खैराङ्ग र मनहरी रुपाचुरी –कांकडा पाङ्गथली –डांडाखर्क सडकको अनुगमन गर्न भिम पाख्रीन र सिताराम बर्तौला जानु भएको थियो। त्यसैगरी रामचन्द्र अर्याल र माननाथ तिमल्सिनाको टोलिले ठिंङ्गन –मन्थली –बेतिनि –काभ्रे तालढुङ्गा सडक, चुनिया नामटार कालिकाटार सडक र दामन डांडाबास सडकको अनुगमन गरेको थियो।
अनुगमन टोलिले ग्रामीण सडकहरुको स्थलगत रुपमा नै सडक निर्माण उभोक्ता समिति, गाउ सर्वदलिय संयन्त्र र उपभोक्ताहरुसंग अन्तरक्रिया र छलफल गरेको थियो। अनुगमन टोलिले बाटो निर्माणमा देखिएका समस्याहरु, जनसहभागिता र उपभोक्ता समितिको भूमिका र उनीहरुको काम कार्यवाही आदिका विषयमा जिज्ञासा राखेको थियो।
अनुगमनको अभावमा निर्माणाधिन योजनाहरु प्रभावकारी हुन नसकेका र विवध समस्याहरु आउने भएको हुंदा संचालित योजनाहरुको स्थलगत अनुगमन गरिएको स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्ट बताउनु हुन्छ। यस किसिमको कार्यले योजना संचालनका क्रममा देखिएको समस्याहरु तत्काल हल गर्न सजिलो हुने वहांका भनाईछ। अनुगमन कार्यबाट योजनाहरु सहि ढंगबाट संचालन हुनुका साथै भाविष्यमा नयां योनजा तथा कार्यक्रमहरु तर्जुमा गर्न पनि सजिलो हुने सर्वदलय अनुगमा टोलिका प्रतिनिधिहरु बताउनु हुन्छ। अनुगमन टोलिले अनुगमनको क्रममा देखेको कमि कमजोरी र सुधार गर्नु पर्ने विषयहरुमा उपभोक्ता समिति र प्राविधिकहरुलाई निर्देशन तथा सुझावहरु दिएको थियो। उपभोक्ताहरुबाट जिल्ला विकास समितिले ग्रामीण मोटर बाटो बनाउन देखाएको उत्साहको प्रशंसा गर्दै ग्रामीण मोटर बाटो निर्माणमा बढी भन्दा बढी रकम विनियोजन गर्न आग्रह गरेका छन्। ग्रामीण समुदायहरु आफ्नो घर दैलोमा मोटर देख्ने आशामा मोटर बाटो बनाउन अत्यन्त उत्साह र जांगरका साथ लागेका छन्।

सबै समाचार हेर्नुहोस्