समाचार
विपत जोखिम व्यवस्थापनको मूल प्रवाहिकरण तथा एभियन ईन्फ्लुयन्जा नियन्त्रण गोष्ठी सम्पन्न - २०६६-०४-११
गोष्ठी प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। गोष्ठीको पहिलो दिन विकास योजनामा विपत जोखिम न्यूनिकरण मूल प्रवाहिकरण र स्थानीय योजना प्रक्रियामा विपत जोखिम न्यूनिकरण र जैविक सरक्षाका विषयमा प्रशिक्षण दिएको थियो। दोस्रो दिन प्रकोप न्यूनिकरण मूलप्रवाहिकरण, स्थानीय विकास मन्त्रालयबाट एभिएन ईन्फुलुएन्जा नियन्त्रण सम्बन्धी क्रियाकलाप र एभिएन ईन्फुलुएन्जा र स्वायन फ्लु बारे छलफल भएको थियो।
गोष्टीमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानी विकास मन्त्रालयका उप सचिव डण्डुराज घिमिरे र स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्टले बोल्नु भएको थियो।

