आजको मिति : २०६८-१०-२३
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English
गा. वि. स. हरु हेर्नुहोस
महत्वपुर्ण फोन नंम्बरहरु

समाचार

जिल्ला विकास समिति मकवानपुरको भवन शिलान्यास - २०६६-०४-११

जिल्ला विकास समिति मकवानपुरको निर्माधिन नया भवनको एक कार्यक्रमको बीच स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्‍ट तथा जिल्ला सर्वदलिय संयन्त्रको प्रतिनिधिहरुले उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भयो। करीव ५०० वर्ग फिटमा क्षेत्रमा निर्माण हुने भवनको कुल लागत २ करोड १९ लाख रुपैया रहेको छ । नयां निर्माण गरिने भवन २६ कोठा र चार तल्लाको हुनेछ।
 
 भवनको शिलान्यास कार्यक्रममा जिल्ला विकास समितिको सर्वदलिय संयन्त्रका एकीकृत ने.क.पा. एकृकित (माओवादी)का भिम पाखि्रन, नेपाली कांग्रेसको माईकल रामचन्द्र अर्याल, ने.क.पा.एमालेका रामेश्‍वर राना, ने.क.पा.मालेका तिर्थदेवी सिलवालको उपस्थिति थियो। त्यसैगरी रा.प्र.पा.का सिताराम वर्तौला, ने.क.पा. एकिकृतका माननाथ तिमिल्सीना र रा.ज.मो.का लक्ष्मण विष्६को पनि उपस्थिति थियो। कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयको प्रमुख जिल्ला ईन्जिनियर निर्मल कुमार प्याकुरेल लगाएत जि.वि.स.कर्मचारीको उपस्थिति थियो। भुकम्प प्रतिरोधात्मक क्षमता रहेको उक्त भवन २०६८ पौष सम्ममा सम्पन्न गरीने लक्ष्य राखिएको जिल्ला विकास समिति श्रोतले जनाएको छ।

सबै समाचार हेर्नुहोस्