आजको मिति : २०६८-१०-२३
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English
गा. वि. स. हरु हेर्नुहोस
महत्वपुर्ण फोन नंम्बरहरु

समाचार

सहकारी लेखापालन तालिम सम्पन्न - २०६६-०४-११

जिल्ला विकास समिति मकवानपुरको आर्थिक सहयोग तथा डिभिजन सहकारी कार्यालय मकवानपुरको आयोजनामा विभिन्न सहकारी संस्थाका पदाधिकारीहरुलाई सहकारी लेखापालन तालिम दिइएकोछ। तालिम कार्यक्रम जिल्ला विकास समिति र डिभिजन सहकारी कार्यालयको लागत सहभागितामा संचालन गरिएको थियो।
 
 तालिम कार्यक्रमको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको प्रमुख आतिथ्य तथा स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्‍टको सभाध्यक्षता सम्पन्न भएको थियो। तालिम कार्यक्रमको उद्‍घाटन कार्यक्रममा तालिम व्यवस्थापक एवं सहकारी अधिकृत कृष्ण प्रसाद लम्सालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो। कार्यक्रममा जिल्लामा कृयाशिल विभिन्न सहकारी संस्थाहरुवाट २९ जना सहभागीहरुको उपस्थिति रहेको थियो।

सबै समाचार हेर्नुहोस्