आजको मिति : २०६७-०५-२०
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English
गा. वि. स. हरु हेर्नुहोस

समाचार

अपाङ्गहरुको लागी स्वास्थ्य शिविर उपचार तथा परामर्श सेवा संचालन - २०६६-०४-११

जिल्ला विकास समिति मकवानपुको वित्तिय सहयोग तथा अपाङ्ग सरोकार केन्द्र, मकवानपुरको व्यवस्थापनमा जिल्लाको ७ वटा गांउ विकास समितिहरुमा अपाङ्गहरुको लागी स्वास्थ्य शिविर उपचार तथा परामर्श सेवा संचालन कार्यक्रम सम्पन्न गरेको छ। मकवानपुर जिल्लामा रहेको गरिव, अशिक्षित, अपहेलित र सामान्य उपचार समेतवाट वन्चित अपाङगता भएका व्यक्तिहरुको वास्तविक अवस्थालाई पहिचान गरी उनिहरुको दैनिक जिवनयापनामा र स्वास्थ्यमा पहुच वृध्दी गरी समुदायमा पुर्नस्थार्पन गराउने उद्देश्यले शिविर संचालन गरीएको हो। शिवीरवाट ५६ जना अपाङ्गहरुको स्वास्थ्य उपचार गरीएको अपाङ्ग सरोकार केन्द्र मकवानपुरको अध्यक्ष गणेश चन्द दवाडी वताउनु हुन्छ।
 
 यसै गरी अपांग व्यक्तिहरुलाई खेलकुद कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले राष्‍ट्रिय अपाङ्ग महासंघ नेपाल मध्यमांचल क्षेत्रीय कार्यालय हेटौडालाई १० हजार रुपैया आर्थिक सहयोग उपलव्ध गराइएको छ। राष्‍ट्रिय अपाङ्ग महासंघ नेपाल मध्यमांचल क्षेत्रीय कार्यालयको आयोजना तथा अपाङ्ग नेपाल प्यारा ओलम्पिक कमिटी संगको सहकार्यमा संचालित फरक क्षमता भएका व्यक्तिहरुको क्षेत्रीय छनोट खेलकुद प्रतियोगितामा भाग लिनको लागी यस जिल्लाबाट पठाएको सहभागिको लागि उक्त रकम खर्च गरिनेछ।

सबै समाचार हेर्नुहोस्