समाचार
नामटार गांउ विकास समिति वडा नं.२ दलित गांउमा खानेपानी योजना सम्पन्न -
२०६६-०४-११
जिल्लाका उतरी क्षेत्रमा रहेको नामटार गांउ विकास समिति वडा नं.२ दलित गांउमा खानेपानी योजना सम्पन्न भएको छ। कुल लागत २ लाख ८७ हजार रुपैया रहेको उत्क योजनाको जिल्ला विकास समिति मकवानपुरवाट २ लाख रुपैया उपलव्ध गराईएको थियो। नपुग रकम स्थानीय उपभोक्ताहरुबाट व्यहोरिने उपभोक्ता समितिका अध्यक्ष वलराम दर्जि बताउनु हुन्छ। खानेपानी योजना संचालनका लागि उपभोत्का समितिका अध्य
क्ष वलराम दर्जी संग संझौता भै कार्य सम्पन्न भै सकेको योजना शाखाले जनाएको छ। यस योजनावाट त्यस क्षेत्रको करीव १६ घरपरीवार लाभान्वित हुने समितिको अध्यक्ष वलराम दर्जि वताउनु हुन्छ।
सबै समाचार हेर्नुहोस्